भक्तपुर-नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल भक्तपुरका खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित भएका छन् ।
बुधबार भक्तपुर जिल्ला समन्वय समिति तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पदक जित्न सफल खेलाडी, उद्योग बाणीज्य संघका नवनिर्वाचित पदाधिकारी, भक्तपुर जिल्ला खेलकुद विकास समिति तथा हनुमन्ते नदी सफाई अभियानले गौरवमय १००औं हप्ता सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरे ।
कार्यक्रममा १३ औं सागमा कराँतेमा दोहोरो स्वर्ण पदक जित्न सफल मन्देकाजी श्रेष्ठलाई नगद ३० हजार रुपैयाँ , स्वर्ण पदक बिजेता उसु खेलाडी सुस्मिता तामाङ्गलाई २५ हजार रुपैयाँ, तेक्वान्दोमा स्वर्ण पदक बिजेता खेलाडी काजल श्रेष्ठलाई २५ हजार रुपैयाँ, टेबल टेनिस रजत पदक जित्न सफल शिव शुन्दर गोथे २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै कबड्डीमा रजत पदक जित्न सफल यसोधा गिरीलाई २० हजार रुपैयाँ, ह्यान्ड्बलमा रजत पदक बिजेता देबकुमारी बाँस्कोटालाई २० हजार रुपैयाँ, भारोत्तोलनमा काँस्य पदक जित्न सफल लक्ष्मी बनलाई १५ हजार रुपैयाँ, जुडोमा कास्य पदक जित्ने शिव राम मकाजुलाई १५ हजार रुपैयाँ, बास्केटबलमा कास्य पदक बिजेता खेलाडी बिक्रम जोशीलाई १५ हजार रुपैयाँ तथा ओलम्पियन धाविका कान्छीमाया कोजुलाई १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको नाम र प्रतिष्ठालाई संसारभर फैलाउन विजेता तथा सम्मानित सवैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विशेष धन्यवाद व्यक्त गरे ।
भक्तपुरबाट सागमा ९ जना खेलाडीले विजेता हासिल गर्नु कुनै समयमा सिङ्गो मुलुकले प्राप्त गरेको उपलब्धी जतिनै भक्तपुरले हासिल गरेको उल्लेख गर्दै उनले खेलकुद क्षेत्रले नेपालको शिरलाई ऐतिहासिक रुपमा उचो बनाएको बताए ।
उद्योगीहरुलाई हेरिने नकरात्मक दृष्टिकोलाई त्यागी सकारात्मक सोचको विकास आवश्यक रहेको औल्याउँदै उनले तीन वटै तहका सरकारले उद्योगीलाई आवश्यक सहयोग गरी आर्थिक वृद्धिदर तथा रोजागरीको बाटोलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, बागमती प्रदेशका सांसद कृष्णराज भँडेल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना वाँस्तोला, भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भक्त काशिछेवालगायतले विशेष बधाई ज्ञापन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस