काठमाडौं-पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको आयोजनामा हुँदै आएको कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ। आयोजक कुम्मायक स्पोर्टिङ क्लवले यासोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ। पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष रोहन घिमिरेले प्रतियोगिता यहीँ माघ १ गते देखि सुरु भई माघ ५ गतेसम्म हुने बताए।
`आठ वटै स्थानीयतहको सहभागीता पाँचथरको सान स्थानीय खेलकुदमा कुम्मायक स्पोटिङको अभियान´ भन्ने मुल नारा सहित प्रतियोगिता कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार स्थित पृथ्वी मा.वि.को खेलमैदानमा हुने प्रतियोगितामा पाँचथरको एक नगरपालिका सहित सात वटा स्थानीय तहहरुको सहभागिता हुनेछ।
प्रतियोगिताको उपाधी बिजेताले नगद १,११,१११ रुपैंयाँ र तीन वर्षे रनिङ ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेताले ५५,५५५ रुपैंयाँ, ट्रफि मेडल, प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ। प्रतियोगिताको उकृष्ट खेलाडी र हरेक खेलको म्यान अफ म्याच हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ। पत्रकार सम्मेलनको दौरानमा आयोजक कुम्मायक स्पोर्टिङ क्लवले सदस्य खेलाडि हेमन्त दर्नाललाई नगद रु ५,०००/- सहित सम्मान गरेको छ।
सहभागी टिमहरु
१. फिदिम नगरपालिका
२. कुम्मायक गाँउपालिका
३. फाल्गुन्द गाँउपालिका
४. तुम्बेवा गाँउपालिका
५. मिक्लाजुङ गाँउपालिका
६. हिल्लीहाङ गाँउपालिका
७. याङवरक गाँउपालिका
८. फालेलुङ गाँउपालिका
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस