काठमाडौँ– खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल शुरु भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रियसभाको विधायन समितिबाट पारित आएको विधेयकमाथि छलफल शुरु भएको हो । समिति सदस्य जीवनराम श्रेष्ठले छलफलका क्रममा विधेयकको प्रस्तावनामा टुङ्गो लगाइएको जानकारी दिए ।
उनका अनुसार प्रस्तावनामा ‘खेल क्षेत्रको पनि अध्ययनअनुसन्धान गर्ने’ भन्ने शब्द राखेर टुङ्ग्याइएको छ । यसैगरी समिति बैठकमा अन्तरराष्ट्रिय खेलाडीका सम्बन्धमा पनि दफावार छलफल भएको छ । समिति सदस्य श्रेष्ठले विधेयकमा अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्नेलाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्ने उल्लेख भएकाले अन्तरराष्ट्रिय खेलाडी कसलाई भन्नेबारे छलफल गरिएको बताए । ‘‘अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेका मात्र नभई सहभागी सबै खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्छ भन्ने धेरै सदस्यको भनाइ रहेको थियो’’, उनले भने ,‘‘ आजको बैठकमा पर्याप्त समय नभएकोले अर्को बैठकमा थप छलफल गर्ने गरी बैठक सकियो ।’’
बैठकमा युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी भन्नुपर्ने भनाइ राखे । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी सबैलाई अन्तरािष्ट्रिय खेलाडी मान्नुपर्ने भनी विधेयकमा संशोधन दर्ता गराएका छन् । उनका अनुसार अर्को बैठक आगामी पुस ४ गते बस्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस