काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्रका लागि दशरथ रंगशाला बेहुलीझै सिँगारिएको छ । २०७२ सालको भूकम्पपछि थलिएको रंगशाला १३औं सागको उद्घाटनसँगै व्यस्त हुने भएको छ ।
राष्ट्रिय भावनाले भरिपूर्ण नेपाली संस्कृति, नृत्य, झाँकी, राष्ट्रप्रेम दर्शाउने राष्ट्रिय गीत र धुनलगायतका प्रस्तुतिले भूकम्पका कारण केही समय थलिएको दशरथ रंगशाला फेरि ब्युझिँएको हो ।
साग लगत्रै सो रंगशालामा शहीद स्मारक ‘ए’ डिभिज लिग हुँदै छ । दशरथ रंगशाला नेपाली खेलकुदको मुटु नै हो । यो रंगशाला पुनर्निर्माणसँगै नेपाली खेलकुद जुर्मुराएको देखिएको छ ।
आइतबार उद्घाटन समारोहमा नेपाली संस्कृति झल्कने झाँकी, नृत्य र विभिन्न प्रस्तुति देखाइएको थियो । नयाँबानेश्वरका दीपक थापाले रंगशालाको रूप फेरिएको देखेर खुसी व्यक्त गरे ।
विगत चार वर्षदेखि दशरथ रंगशालामा खेल नहुँदा नेपालको खेलकुद शून्यजस्तो देखिएको थियो,’ उनले भने, ‘अब रंगशालाको रूप फेरिएको छ । नेपाली खेलकुदले पनि नयाँ जोश पाउने देखिन्छ ।’
नेपालका विभिन्न भूभागमा बस्ने विभिन्न जातजातिलाई समेटेर तिनीहरूको प्रतिनिधित्व देखाउनेगरी सांस्कृतिक प्रदर्शनी एवं नाच देखाइएको साग समारोह समितिले जनाएको छ । विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुनेगरी पन्चेबाजा तथा लाखे, झागड, झिँझिँया, टप्पा, कौडा, शेर्पा, तामाङ, मारुनी, कुमारी, लोक नृत्यसहितका कार्यक्रम गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस