काठमाडौं – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र चिनमा हुने एसियन कप २०२२ को छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको छ। जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ ।अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको हो। विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित हो।
नेपालले पहिलो हाफको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। सुजलले प्रहार गरेको फ्रिकिकमा अन्जनले झन्डै २५ यार्ड टाढाबाट सुन्दर गोल गरेका थिए। घरेलु मैदानमा पछाडी परेको ताइपेइले लगातार नेपाल माथि आक्रमण बनाएपनी नेपाली डिफेन्स र गोलकिपरले उकृष्ट प्रदर्शन गरे।
नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको हो। ६३ औ मिनेटमा अन्जनले अनमार्क रहेको अवस्थामा पेनाल्टी क्षेत्रबाहिर उत्कृष्ट बल नियन्त्रणमा लिदैँ दोस्रो टचमा सानदार हाफ भलीमा गोल गरेका थिए।
यस नतिजासँगै नेपाल अंक तालिकाको अन्तिमबाट माथि उक्लिँदै तेस्रो स्थानमा उक्लेको छ। समान ३-३ अंक जोडेका कुवेत पहिलो र जोर्डन दोस्रो गोल स्थान मा छन्। अष्ट्रेलियाले कुनै खेल खेलेको छैन भने ताइपेइ लगातर दोस्रो हारपछि तालिकाे पुछारमा छ। आज नै समूहको अर्को खेलमा समुहको बलिया टोली अष्ट्रेलियाले कुवेतको घरेलु मैदानमा खेल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस