पोखरा– नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
पोखराको लामाचौरमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीलाई (२५–१६, २५–१४ र २५–२०) को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
उपाधि सँगै नेपाल पुलिस क्लबले रु १ लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो ।
६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितमा गण्डकी प्रदेश तेस्रो बन्यो । तेस्रो स्थानको बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्रको हकदार बन्यो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी नेपाल पुलिसकी मनिसा चौधरी घोषित भईन । सोही क्लबकै सुशिला थापा उत्कृष्ट सेटर र उत्कृष्ट स्पाईकरको उपाधि कोपिला उप्रेतीले पाईन । त्यस्तै गण्डकीका रस्मिता दुरा उत्कृष्ट लिब्रो, न्यू डायमण्डका झरना श्रेष्ठ उत्कृष्ट सर्भर बनिन् भने उत्कृष्ट ब्लकर पुष्पा चौधरी, उत्कृष्ट क्वीकरको रुपमा पबित्रा सेञ्चुरी पुरस्कृत बनिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस