सोल-नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन् ।
कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्र्तगत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए ।
रन्जना सेमीफाइन मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले स्तब्ध भएपछि कास्य पदकमै सिमित भइन् । खुरेलबातर उक्त विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएकी प्रशिक्षक कुँवरले बताए ।
पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहीत राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदक विहिन भए । यसअघी रोहीतले कोरियाका जाङ योन यो(व्बलन थ्भयल(ध्यय) लाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए ।
महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् । नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीले आसा लाग्दो प्रदर्शन गरेको बताए ।
उनले भने ‘धेरै अनुभवी भइसकेका विदेशि खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै राम्रो संकेत मान्नुपर्छ ।’ नेपाली टोलीको ब्यवस्थापकमा नेपाली खेलकुदका सफल तेक्वान्दो खेलाडी दिपक विष्ट छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस