काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को दसौं संस्करण बुधबार सुरु हुँदै छ । यसको एक दशक रहेको छ, विवाद र सफलताको । आईपीएलले पस्किने ट्वान्टी–ट्वान्टी क्रिकेट भारतीयलाई प्रिय छँदैछ । यसलाई भारतमा मात्र नभएर पूरा विश्वमा उत्तिकै रूचिले पनि हेरिन्छ । रोमाञ्चक र आक्रामक क्रिकेटसँगै चियर्स लिड्र्स र अनुबन्धमा दिइने ठूलो रकमका लागि पनि आईपीएल चर्चित छ ।
यसपालिको पहिलो खेलमा भिड्ने छन्, डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्लोर । सन् २००८ देखि आईपीएल सुरु भएको हो । यो भारतकै सर्वाधिक रूचाइएको प्रतियोगिता हुन पुगेको छ । खेल हुने रंगशाला भरिभराउ हुने गरेका छन् नै, यसका टीभी दर्शक पनि उत्तिकै छन् । भारतीय उपमहाद्वीपमा टेस्ट र वान डे क्रिकेटभन्दा पनि ट्वान्टी–ट्वान्टी क्रिकेटको यो प्रतियोगिता धेरैले मन पराउने गरेका छन् ।
‘आईपीएलको सबैभन्दा ठूलो विशेषता हो, खेल हुने स्थलमा भरिएका दर्शक । यस्तै पूरा विश्वले पनि यसलाई पछ्याउने गर्छ,’ आईपीएलका प्रमुख राजीव शुक्लाले एएफपीसँग भनेका छन् । आईपीएल विवादबाट पनि कहिल्यै टाढा रहन सकेको छैन, विशेषत: भ्रष्टाचार र खेलमिलेमतो । यी दुई विवादले मैदानमा हुने खेललाई पनि ओझेलमा पार्ने गरेको छ । सुरुआती प्रतियोगितादेखिका आठमध्ये तीन टिम, त्यसयताका दुई नयाँ टिम र थप दुई नयाँ टिमले यसपल्ट खेल्ने छन् ।
चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सलाई सन् २०१५ यता दुई संस्करणमा खेल्नबाट प्रतिबन्ध लगाइएको छ । स्पट फिक्सिङका कारण उनीहरूले यो सजाय बेहोरेका हुन् । अनुबन्धका सर्त तोडेको आरोपमा हैदराबादको खास टिम डेक्कन चार्जसलाई त पूरा प्रतिबन्ध जस्तै लगाइएको छ । यसबीच प्रतियोगिताका जन्मदाता ललित मोदीमा भने बेलायतमा आफू खुसी निर्वासित जीवन बिताइरहेका छन् । उनी भारतमा आएर आफूमाथि लागेको भ्रष्टाचार आरोप सामना गर्ने पक्षमा छैनन् ।
शुक्ला पनि मान्छन्, आईपीएलको इतिहास पल्टाउने हो भने यसमा धेरै विवादका शृङ्खला छन् । तर उनी के पनि मान्छन् भने यसपल्टको दसौं संस्करणलाई यस खाले विवादबाट मुक्त पार्न सबै प्रयास गरिएको छ । उनको भनाइ छ, ‘यी सबै खाले विवाद रोक्न सक्दो कडा प्रयास गरिने छ । हामी यो प्रतियोगितालाई सबै खाले अनियमिताबाट रोक्न चाहन्छौं । मलाई पूरा विश्वास छ, यसपल्टको संस्करण सबै प्रकारले सफल हुनेछ र यसले माथिल्लो दर्जाको क्रिकेट पस्कने छ ।’
यस्ता सबै खाले विवादबीच पनि प्रतियोगिताले विदेशमा प्रमुख र सफल खेलाडीलाई भने सधैं आकर्षित गर्ने गरेको छ । यसै कारणले विदेशमा ठूला नाम भारतीय दर्शकबीच आम परिचित खेलाडी हुन थालेका छन् । उनीहरूले आफ्नो खेलजीवनलाई नै आईपीएल केन्द्र बनाएर अगाडि बढाउन समेत थालेका छन् ।
इङल्यान्डका तीव्र गतिका बलर टेमल मिल्सले हालै बेङलोरसँग १८ लाख डलरको अनुबन्ध गरेका छन्, भलै यी खेलाडीले इङल्यान्डका लागि मात्र चार ट्वान्टी–ट्वान्टी खेल मात्र खेलेका छन् । उनका साथी खेलाडी बेन स्टोक्स पनि राइजिङ पुने सुपरजायन्ट्समा आबद्ध छन् । उनले यसका लागि २० लाख डलरको कीर्तिमानी अनुबन्धसमेत गरेका छन् । उनी मान्छन्, आईपीएल प्रदान गर्ने अवसर इङल्यान्डमा छैन, किनभने त्यहाँ यस्तो खाले फ्रेन्चाइज क्रिकेट सुरु भएको छैन । ‘भारतमा आएर आईपीएल खेल्नुको अर्थ क्रिकेटलाई नयाँ स्तरमा पुर्याउनु हो । सँगै माथिल्लो दर्जाको ट्वान्टी–ट्वान्टी खेल्नु पनि खेलाडीको उद्देश्य रहने गरेको छ,’ स्टोक्स भन्छन् ।
अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले पुनेको नेतृत्व गर्नेछन् । उनले यसका लागि भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई विस्थापित गर्नेछन् । उनी भन्छन्, ‘आईपीएलका क्रममा क्रिकेटका धेरै फरक पक्षबारे सिक्ने अवसर मिल्छ । अनि क्रिकेटलाई पूरा विश्वले कसरी हेर्न गरेको छ, त्यो पनि थाहा हुन्छ ।’ जसले जस्तै दाबी गरेपछि आईपीएलमा भारतीय मात्र होइन, विदेशी खेलाडी लोभिनुको प्रमुख कारण हो, यसमा अनुबन्धसँगै पाउने मोटो रकम ।
खासमा यो नै प्रतियोगिताको अहिलेसम्मको सफलताको प्रमुख निर्णायक तत्व पनि रहेको छ । ईएसपीएन क्रिकइन्फोका वरिष्ठ सम्पादक मान्छन्, ‘पैसामा चुम्बक जस्तो आफूतर्फ आकर्षिक गर्न सक्ने गुण छ । यो प्रतियोगिता सफल रहनेमा कुनै शंका नगरे हुन्छ, किनभने यसमा धेरै पक्ष प्रत्यक्ष जोडिएका छन् । जस्तो, भारतीय क्रिकेट बोर्डदेखि लिएर भारतका प्रमुख ठूला धेरै व्यावसायिक घराना । खासमा उनीहरू नै यो प्रतियोगिताको सफलताका लागि मिहिनेत गर्ने गर्छन् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस