कठमाडौँ -ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ ।
बासपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई २५–१६,२५–१४,१५–२५ र २५–१० ले हरायो । प्रतियोगिताको उद्घाटन रक्षामन्त्रि बालकृष्ण खाँडले गरेका थिए । सो अवसरमा ढोरपाटन क्लबका उपाध्यक्ष किरण घायलले स्वागत मन्त्यब्य ब्यक्त गरेका थिए ।
सर्वाधिक पुरस्कार रासीको महिला डबल लिग भलिबल माघ ८ गतेसम्म नयाँ बसपार्कस्थित भलिबल कोर्टमा चल्नेछ । दश टिमको सहभागिता रहेको प्रतियोगितामा गत संस्करणको विजेता नेपाल एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, त्रिभुवन आर्मी क्लब, चण्डेश्वरी युवा क्लब, आयोजक ढोरपाटन स्पोर्टस क्लब, विजेश्वरी ज्ञान मन्दिर, न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडल कलेज रहेका छन् ।
न्यु डायमण्ड स्पोर्टस् क्लब र रिड मोडलको प्रतियोगितामा पहिलो सहभागिता हो । महिला डबल लिग भलिबलको विजेताले ३ लाख २० हजारसहित रनिङशिल्ड र मेडल प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख ६० हजार, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन् । चौथो देखि सातौ हुनेले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदियमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिजले एक–एक थान टिभिएर स्कुटी प्राप्त गर्नेछन् । यस्तै हरेक १२ वर्षको अन्तरमा हुने गरी १२ वर्षको खेल दौरानमा खेलाडीले गरेको प्रदर्शनको आधारमा एक जना खेलाडीलाई ग्रेट अचिभमेन्ट अवार्डसहित एक थान स्कुटी प्रदान गरिनेछ । उत्कुष्ट, स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भिस, ब्लकर, उत्कुष्ट क्विकर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५–५ हजार पुरस्कार दिइने आयोजकले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस