काठमाडौँ – महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको २४ रनको लक्ष्य श्रीलंकाले मात्र ४.३ ओभरमा २ विकेटको क्षतिमा पछ्याएको थियो । श्रीलंकाका लागि हसिनी परेराले १७ रनको योगदान दिँदै जीत दिलाइन् |
नेपालका लागि करुना भण्डारी र रुविना क्षेत्रीले १–१ विकेट लिए । यसअघि टस हारेर नेपाल पहिलो ब्याटिङ गर्दा १६.२ ओभरमा अलआउट हुँदै २३ रन बनाएको थियो ।
नेपालका लागि ओपनर ज्योति पाण्डेले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले रन बनाउन सकेनन् । नेपालका सात खेलाडी खाता नखोली पभिलियन फर्किए ।
श्रीलंकाका लागि सुगन्धिका कुमारी र इनो रनविराले ३–३ विकेट लिए ।अब नेपालले मङ्सिर १४ मा बंगालदेश, १६ मा थाइल्याण्ड र १७ मा भारतको सामना गर्नेछ ।
राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिको लागि भिडन्त हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस