सोल – दक्षिण काेरियास्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूकाे साझा संस्था नेपाल ब्याडमिन्टन संघ दक्षिण काेरियाद्वारा गत साता दोस्रो ब्याडमिन्टन प्रतियाेगिता भब्य रूपमा सम्पन्न भएकाे छ ।
सोलको दाेङदेमुन स्थित सङदाेङ हाइ स्कुलकाे कभर्ड हलमा अायाेजित प्रतियाेगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएकाे थियाे |सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएकाे प्रतियाेगितामा ग्रेड ए काे सिंगलमा अनील कुमार श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नरेन नेम्वाङले दा्ेस्राे स्थान हासिल गरेका थिए |
त्सैगरि डबल तर्फ बिपिन गुरूङ र रूप गुरूङकाे टीम तमु धी कोरियाले पहिलाे स्थान हासिल गरेका थिए भने दाेस्राे तेज अाले र नरेन नेम्वाङकाे इन्छन् ए टीमले दाेस्राे स्थान हासिल गरेका थिए ।
ग्रेड बीकाे सिंगलमा प्रकाश दर्लामी मगरले प्रथम स्थान हासिल गरे भने दाेस्राेमा नारायण श्रेष्ठले हासिल गरेका थिए । ग्रेड बी काे डबल तर्फ ख्वाङ्जुबाट सहभागिता जनाएको जिन्ह्वा टीमले प्रथम स्थान हासिल गरेको थियो भने दाेस्राेमा इन्छन् बी जित हासिल गरेको थियो ।
खेल निकै साैहार्दपूर्ण र प्रतिस्प्रधात्मक रूपमा सम्पन्न भएको थियो | उक्त प्रतियाेगिताकाे बिजेता तथा उपबिजेता खेलाडीहरूलाइ संघका सल्लाहकार दिनेश हिराचन, रबिन तामाङ, नेपाल फुटबल संघ काेरियाका अध्यक्ष कृष्ण गुरूङ ब्राे, माेना काेरियाका अध्यक्ष लाेक बानियाँ र ख्वाङ्जु नेपाली कम्युनिटीका अध्यक्ष सन्ताेष पराजुलीले मेडल, ट्रफीका साथ प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस