काठमाडौं- थाइल्याण्डमा हुने एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।तीन सदस्यीय छनौट समितिले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको प्रमुख कार्यसञ्चालन अधिकृत थुम्बी लामाले जानकारी दिए।
लामाका अनुसार १५ सदस्यीय नेपाली क्रिकेट टोलीमा इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, ज्योति पाण्डे, नीरा राजोपाध्याय र रश्मी शर्मा चौलागाइँले स्थान बनाएका छन्।
यसैगरी संगीता राई, शोभा आले, रोशनी बोहोरा, सवनम राई, सीता मगर, सरस्वती कुमारी चौधरी र सीता रानामगरलाई पनि टोलीमा स्थान बनाएका छन्।
एसिया कप छनौट खेल खेलेकी निर्मला शाहीलाई भने यसपटक टोलीमा समावेश गरिएको छैन। लामाका अनुसार भारतीय रेल्वेका लागि प्रशिक्षणका क्रममा घाइते भएपछि उनलाई टोलीमा समावेश नगरिएको हो। खेलाडी छनौट समितिमा प्रशिक्षक, कप्तान र आईसीसी प्रतिनिधि राखिएको थियो।
एसिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म चल्नेछ। प्रतियोगितामा नेपालले एसियाली टेष्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा नेपालले पाकिस्तान, श्रीलंका, बंगलदेश, थाइल्याण्ड र छिमेकी देश भारतसँग खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस