काठमाडौँ- मंगलबार लगातारको गिरावटपछि उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घट्न पुगेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.८८ अंकले घटेको हो । यससँगै नेप्से २८५९.९६ विन्दुमा ओर्लिएको छ ।
नेप्से परिसूचक मंगलबार ७९.४३ अंकले बढेको थियो । त्यसअघि आइतबार र सोमबार नेप्से क्रमश: ६३.११ र ७१.०६ अंकले घटेका थिए । नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो ।
आज कारोबार रकम पनि करिब साढे आठ अर्बमा खुम्चिएको छ। नेप्सेमा आज आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर ९१ हजार ७५ पटक खरिद-बिक्री भएका थिए ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५३ अंकले घटेर ५२८.३४ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.७१ प्रतिशतका दरले कमाएका छन् । कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.६० प्रतिशतका दरले गुमाएका छन् ।
आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै ५४ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै १३ लाख १६ हजार ५१५ कित्ता र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीका सेयर सबैभन्दा धेरै तीन हजार ७९७ पटक किनबेच भएका थिए ।
आज सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस