काठमाडौं- आज साताको अन्तिम दिन, बिहीबार सेयर कारोबारले नयाँ कीर्तिमानी उचाइ चुमेको छ । नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गदै बिहीबार नयाँ उचाइ चुम्न सफल भएको हो ।
नेप्से आज २९.५५ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाइ २८५६.६७ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.११ को विन्दुको उचाइमा पुगेको छ। योसँगै नेप्सेले गत आइतबारको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
गत आइतबार नेप्सेले २८२७.९३ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ ।
यो दिन विकास बैंक समूह सर्वाधिक १४६.०२ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ११७.११ अंकले बढेको आज बैंकिङ समूहमा ५०.२५ अंक, वित्त समूहमा ६२.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१.२४ अंक, लघुवित्त समूहमा ४०.३५ अंक, जीवन बीमा समूहमा ५.१२ अंक, म्युचुअल फन्ड समूहमा ०.१९ अंक र लगानी समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।
यस्तै निर्जीवन बीमा समूह सर्वाधिक ११३.३ अंकले ओरालो लागेको छ। जलविद्युत समूह ६०.०३ अंकले घटेको बिहीबार व्यापार समूहमा ९.६८ अंक र अन्य समूहमा १५.९१ अंकको गिरावट आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस