काठमाण्डौ-लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ ।
कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ समूहको शेयर ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बीमा २८.७९ र अन्य ०.९ विन्दुले बढेको छ । त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बीमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ७० लाख ६३ हजार ५३० बराबरको कारोवार भयो ।
नेको इन्सुरेन्स रु छ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु चार करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु तीन करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु तीन करोड ७५ लाख ६२ हजार १३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस