काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्यरुपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने रु ४० करोड माथि रहेको छ । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.९४, विकास बैंक ७.५४, निर्जीवन बीमा ३६.२२, अन्य ५.०२, लघुवित्त ५.०७ र जीवन बीमा ४२ विन्दुले आरोलो लागेको छ । यस्तै व्यापार ५.७७, होटल १५.१९, जलविद्युत् १.६८, वित्त ५.१, उत्पादन ३९.८६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेका छन् ।
नेप्सेका अनुसार एनएमबी बैंक कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३१ लाख ९३ हजार २७१ कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै, प्राइम बैंक रु तीन करोड आठ लाख ६१ हजार ४९४, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ६७ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ७६ लाख ७७ हजार र शिवम् सिमेन्ट रु एक करोड २३ लाख ४४ हजार १६५ मूल्यमा खरीद बिक्री भई भई शीर्ष स्थानमा रह्यो ।
नेप्सेका अनुसार नेपाल फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले कमाउँदा शिवम् सिमेन्ट ६.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८७, विशाल बजार कम्पनी ५.६९ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ४.०२ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.७७, अरुण काबेली ४, नेशनल माइक्रोफाइनान्स ३.७१, तारागाउँ रिजेन्सी होटल ३.६४ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३.६२ प्रतिशतले गुमाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस