काठमाण्डौ – बुधबार बजारले यूटर्न लिएको छ । मंगलबारसम्म ठूलो पहिरो सामना गरिरहेको बजार यूटर्न भई उछालको बाटोतर्फ उन्मुख भएको हो । बजारमा बैंक, बिमा तथा बित्तीय संस्थाहरुको तेश्रो त्रैमासको रिपोर्ट धमाधम आउन थालेपछि लगानीकर्ताहरुले सेयर खरीदको चाप बढाउँदा बजारमा उछाल देखिएको हो ।
केही वाणिज्य बैंकहरुबीच मर्जर हुने हल्लाले समेत बजार प्रभावित भएको देखिएको छ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको हल्लाले यी दुवै कम्पनीको सेयर खरीदमा उच्च चाप देखिएको छ ।
मंगलबारको तुलनामा कारोबार रकममा आएको गिरावटले हौसिएर सेयर बिक्री गर्ने हतारो गर्नेहरु केही सेलाएका देखिएको छ । बजार वृद्धिको संकेत पाएर बिक्री गर्नेहरु समेत रोकिएका, सर्ट टर्म कारोबारीले नाफा बुक गरेपछि फेरि बजार बढ्ने आशामा खरिदारी बढाएका र संस्थागत लगानीकर्ताहरुले समेत खरीदलाई तीव्र पारेका देखिएको छ ।
बुधबार नेप्से परिसुचक ४८.९७ अंकले बढेर १६६१.०१ को उचाईमा पुगेको हो । क वर्गका कम्पनीको सेयर खरीदमा उच्च चाप परेका कारण सेन्सेटिभ इण्डेक्स १०.५३ अंकले बढेको छ भने फ्लोट इण्डेक्समा ३.५ अंकको बढोत्तरी देखिएको छ ।
यो दिन अधिकांश समुहको सुचकमा ३ प्रतिशत बढीको बढोत्तरी देखिएको छ । बिमा समुह २८३.५२ अंकले बढ्दा वाणिज्य बैंक, विकास बैंक र बित्त समुहमा क्रमशः ४७.८६, ६८.९९ र १८.०१ अंकले बढेका छन् । यस्तै, होटल समुहमा ८४.२९, जलविद्युत समुहमा ६८.६१, उत्पादनमुलक ९.४३ अंकले बढेका छन् । अन्य समुहमा ०.२९ अंकको गिरावट देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस