काठमाडौं – सिद्धार्थ बैंकले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सिद्धार्थले १०० रुपैयाँ दरको एक करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद सेयर निष्कासन गर्न खोजेको हो ।
बैंकको १०ः३० अनुपातमा आउने यो हकप्रदमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहनेछ । राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन दिएको समयसिमा नजिकिंदै पुनः हकप्रद जारी गर्ने तयारी गरेको हो । यसअघि पनि सिद्धार्थले गत कात्तिक ११ देखि मंसिर १५ गतेसम्म ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
सिद्धार्थले सेयरधनीलाई गत वर्षको नाफाबाट ३९% बोनस सेयर दिएको छ । बैंकले यसअघि बिक्री गरेको २५% हकप्रदलाई समेत जोडेर ३९% बोनस सेयर दिएको हो । अब बैंकले बोनस सेयर जोडेर कायम हुने चुक्ता पुँजीको ३०% हकप्रद ल्याउनेछ ।
हाल सिद्धार्थको चुक्ता पुँजी पाँच अर्ब २३ करोड ५० रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले ७२ करोड ६० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २२ पैसा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस