काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा आज समग्र बजार पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर पुरै दिनका लागि कारोबार बन्द भएको छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्बजनिक गरेपछि भएको पहिलो दिनको कारोबारमा दुईपटक सर्किट लागेर कारोबार बन्द गर्नु परेको हो ।
पहिलो सर्किट ब्रेक लागेर आघा घण्टाका लागि कारोबार रोकिएकोमा त्यसपछि फेरि बजार खुल्दा पाँच प्रतिशतले बजार बढेको थियो ।
चार घण्टाको कारोबार समय हुने भए पनि आज दुई घण्टाको समयमा ७९.४७ अंकले परिसुचक बढी नेप्से १६६७.११ मा बन्द भएको छ भने कारोबार रकम ९४ करोड ३७ लाख मात्रै भएको छ ।
दिउँसो १ बजे नेप्से परिसूचक समग्र रुपमा चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । ३० मिनेटपछि फेरि खुलेको बजारमा ८ मिनेट ननाघ्दै दोस्रो सर्किट लाग्यो । पहिलो सर्किट लाग्दा नेप्सेमा ६३.५७ अंकको बृद्धि भई सूचक १६५१.२१ पुगी ८० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
प्राय सबै बीमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दा पनि बिक्रीकर्ताको चरम अभाव देखिएको छ ।
बीमा कम्पनीको सूचक ७३३ अंकले बढेपछि नेप्सेमा दोस्रो सर्किट लागेको हो । यसमा बाणिज्य बैंक, होटल र बिकास बैंकहरुको सूचक पनि उल्लेखनीय रुपमा बढेको छ । बीमाका साथै तेस्रो त्रैमासमा गर्ने प्रगति आँकलनको कारणले बाणिज्य बैंकतर्फ पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । सबै समूहका कम्पनीका सेयर मूल्य बढेको छ ।
सेयर बजारमा धेरै सेयर मूल्य बढ्न र घट्न नदिन सर्किट लगाएर कारोबार रोक्ने गरिन्छ । कम्पनीको हकमा १० प्रतिशत र समग्र सूचकको हकमा तीन, चार र पाँच प्रतिशतको सेयर मूल्य घट्ने, बढ्ने सिमा तोकिएको हुन्छ । तीन पीतशतले बजार बढेर पहिलो सर्किट लागेमा १५ मिनेट, चार प्रतिशतले बढेमा ३० मिनेट र पाँच प्रतिशतले बढेमा बाँकी पुरै समयका लागि कारोबार रोक्ने नियम छ । एउटा कम्पनीको सेयरमा १० प्रतिशत भन्दा बढी मूल्य तलमाथि हुन पाउँदैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस