सोल – दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले खुला गरेको अग्राधिकार शेयर आवेदन सलनालमा प्रमुख सहरबाट संकलन गरिने भएको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि प्रमुख शहरहरुमा आवेदन खुला गरेको हो |
आयोजनाका अनुसार सुवनमा सलनालका सबै दिन आवेदन संकलन गरिनेछ | सुवन आसपासका क्षेत्रका लगानीकर्ताहरुले सुवनमा रहेको लिंक एसियाको कार्यालयबाट आवेदन दिन सक्नेछन | सुवनका लागि लगानीकर्ताहरुले आर पी देवकोटालाई ०१०५८७७५५१२ मा सम्पर्क गर्न आग्रह गरिएको छ |
सलनालका हरेक दिन तोग्देमुनमा आवेदन संकलन गरिनेछ | अग्राधिकार शेयर आवेदनका लागि जनवरी २७ ,२८ र २९ मा तोंग्देमुन तिन नम्बर गेट नजिक रहेको शुभेक्षा रेस्टुरेन्टमा आवेदन संकलन केन्द्र राखिएको छ | तोंग्देमुनबाट आवेदन दिन इच्छुकहरुले लिलु डुम्रेलाई ०१०२२६२६४३० मा सम्पर्क गर्न सकिने आयोजनाले जानकारी गराएको छ |
त्यस्तै किमेमा किमे माइग्रेन्ट सेन्टरमा फेब्रुअरी २८ अर्थात् सलनालको दोश्रो दिन आवेदन संकलन गरिने छ | किमे र बुसान क्षेत्रका लगानीकर्ताहरुले खेम कार्कीलाई खेम कार्की -०१० ६४५३३०५० मा सम्पर्क गर्न सकिनेछ | आवेदनका लागि नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्ने आयोजनाले जनाएको छ | कम्पनीका अनुसार शेयरधनी प्रमाण पत्र कोरियामा प्राप्त गर्न चाहनेहरुको लागि कोरियामा नै उपलब्ध हुनेछ |
कम्पनीका अनुसार आवेदकहरुले लगानी बापतको रकम फेब्रुअरी अन्तिम सम्ममा सानिमा बैंकको खातामा जम्मा गर्नुपर्नेछ | लगानी कर्ताले न्युनतम एक लाख रुपयाँको आवेदन दिनुपर्नेछ | रु १०० का दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ |
तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ |
निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत लाभांश कम्पनीबाट प्राप्त गर्नेछन | आयोजना सम्पन्न पश्चात उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ | आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ |
उर्जा उत्पादकहरुलाई सरकारले प्रति मेघावाट ५० लाख भ्याट छुट दिनु , लमजुंग जिल्लालाई हाइड्रो मैत्री जिल्ला घोषणा गर्नु तथा सरकारले जलबिद्युत कम्पनीहरुलाई बिशेष महत्वका साथ प्राथमिकतामा राखेको हुनाले हाइड्रोको लगानी प्रतिफल दिने उपयुक्त माध्यम बनेको छ | साथै शेयर बजारमा खुला गरिएका आइपिओ (Initial Public Offering) र एफपीओ (Further Public Offering) मा लगानी अनुसारको शेयर प्राप्त नहुने हुनाले अग्राधिकार शेयरमा लगानीकर्ताहरुको रुची देखिएको छ |
आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ |
आयोजना संचालक समुहले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ |
कम्पनीले गत महिना रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ | कम्पनीमा हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको संचालक समिति छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस