काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Forward Community Microfinance Bittiya Sanstha Limited) ले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले माघ ९ गते आइतबारबाट शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको साधारण शेयर निष्काशनमा आस्बा लागू हुने भएको छ । योसँगै आस्बा लागू हुनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स पहिलो वित्तिय संस्था हुनेछ ।
दुहबी सुनसरीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण निष्काशन गर्न लागेको हो । कम्पनीले यसअघि नै ३० हजार कित्ता शेयर कर्मचारीलाई ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५ लाख ४० हजार कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन पाउने भएका छन् ।
कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) र अधिकतम ३ हजार कित्ता (३ लाख रुपैयाँ) सम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले छिटोमा माघ १३ र ढिलोमा माघ २३ सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।
हाल १४ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६ करोड रुपैयाँ बराबरको शेयर जारी गरेपछि पूँजी २० करोड रुपैयाँ पुग्नेछ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० तथा साधारण शेयरधनीको ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।
कहाँ-कहाँबाट दिने आवेदन
कम्पनीको शेयरमा लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको शाखा कार्यालय झौखेल भक्तपुर, उग्रचण्डी नाला काभ्रे, विराटनगर मोरङ, हात्तीमुढा मोरङ, रंगेली मोरङ, यर्लाबारी मोरङ, इनरुवा सुनसरी, धरान सुनसरी, खनार सुनसरी, धनकुटा धनकुटा, वसन्तपुर तेह्रथुम, खाँदबारी संखुवासभा, भोजपुर भोजपुर, वित्तामोड झापा, दुधे झापा, इलाम इलाम, फिदिम पाँचथर, ताप्लेजुङ ताप्लेजुङ, फत्तेपुर सप्तरी, गाईघाट उदयपुर, कटारी उदयपुर, मिर्चैया सिरहा, बर्दिबास महोत्तरी, मलंगवा सर्लाही, चन्द्रपुर रौतहट, कलैया बारा, सिर्सिया पर्सा, गोपीगञ्ज नवलपरासी, धकधई रुपन्देही, चन्द्रौटा कपिलवस्तु, सोनपुर दाङ, नेपालगञ्ज बाँके, सानोश्री बर्दिया, धनगढी कैलाली, सडकपुर कैलाली, महेन्द्रनगर कञ्चनपुर, दैजी कञ्चनपुर र सम्पर्क कार्यालय सिनामंगल, काठमाडौंबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
त्यस्तै एभरेष्ट बैंक लिमिटेडको काठमाडौंमा न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस