सोल -अमेरिकामा मुख्यालय रहेको सामाजिक संजाल सगुन डटकमको मिनी आइपिओमा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने भएका छन । कम्पनीले मिनी आइपिओको लागि आशय पत्र खुला गरेको छ भने केहि समय पश्चात शेयर बिक्रि खुला गरिने जनाईएको छ । लगानी कर्ताले न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ ।
अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा सुचिकृत सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता शेयर बिक्रि गर्न लागेको हो । प्रति शेयर २३ डलर पर्ने सगुनको मिनी आइपिओमा लगानीकर्ताले चाहे जति कित्ता खरिद गर्न सक्नेछन । न्युनतम १३ कित्ता खरिद गर्दा आवेदकले २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । कम्पनीले शेयर बिक्रि खुला हुनु पुर्व ५० करोड रुपैयाँभन्दा बढी लगानीको आशय प्राप्त गरेको छ । सगुनले मिनी आईपीओमा २ करोड अमेरिकी डलरभन्दा बढी लगानी जुटाउने तयारी गरेको छ ।
लगानीकर्ताले www.sagoon.com/invest मा गई प्राप्त निर्देशन अनुसार अनलाइन आवेदन दिन सक्नेछन । अनलाइन मार्फत भरिएको आवेदन अनुसार आवेदकको लगानी रकम बैंक मार्फत स्वत कम्पनीको खातामा स्थानान्तरण हुनेछ ।
सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले भने ‘अमेरिकामा रहेका नेपालीले सुरु गरेको परियोजना हो । सिलिकन भ्यालीसहित संसारभरिका विभिन्न लगानीकर्ताबाट लगानीप्रति चासो आइरहेको बेला नेपालीले नै सेयर हाले सगुन फाइदामा जाँदा त्यसको मालिक नेपाली हुन्छ । त्यसको प्रतिफल अन्ततोगत्वा नेपाल र नेपालीले पाउने हुँदा विदेशमा रहेका भए पनि नेपालीलाई लक्षित गरिएको हो ।’
२००९ बाट शुरु गरिएको सगुन डट कमलाई २०१४ बाट परिमार्जित रुपमा शुरु गरिएको थियो । सगुनका अमेरिका, क्यानाडा ,भारत ,नेपाल लगायतका देशमा लाखौ प्रयोगकर्ता छन । सगुनको संस्थापक नेपाली युवा गोबिन्द गिरि हुन् । सगुन डट कमको आइडी संचालन गर्नासाथ प्रयोगकर्ताको लागि ५ डलर कम्पनीले जम्मा गरिदिने गरेको छ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस