काठमाण्डौ – अरुण काबेलीले सर्वसाधारणका लागि खुलाएको सेयरमा मागभन्दा ४१.६६ गुणा बढी आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि माग आवेदन गरेको थियो ।
तर, सो आइपीओमा १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सेयरमा देशभरका संकलन केन्द्रबाट १ लाख ४५ हजार बढीको आवेदन दिएका छन् ।
कम्पनीले कात्तिक १२ गतेसम्म पाँचथर र ताप्लेजुङको सीमामा पर्ने कावेली खोलाबाट ४ अर्ब रुपैयाँ खर्च गरेर २५ मेगावाटको विद्युत आयोजनाका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम् १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कम्पनीले निष्काशन गरेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।
आर्थिक बर्ष २०७३/७४ मा आयोजना सम्पन्न हुने बताइएको छ । आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस