काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले यसै आर्थिक बर्षभित्रमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने भएको छ । बैंकले आफ्नो वेभसाइट मार्फत पुँजी वृद्धि योजना सार्वजनिक गर्दे प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको हो । बैंकले एफपिओ र बोनस शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने भएको हो ।
बैंकको गत असोज ३ मा बसेको संचालक समितिको बैठकले फर्दर पब्लिक अफारिंग (एफपीओ) निष्काशन गर्ने निर्णय गरेको थियो । तर बैंकले एफपिओ जारी गर्ने मूल्य भने खुलाएको छैन । बैंकका सेयर शाखाका रिजु श्रेष्ठले कति कित्ता सेयर कति प्रिमियमा जारी गर्ने भन्ने बिषयमा आफुहरुलाई जानकारी नभएको बताईन् ।
दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले यसअघिनै गतआर्थिक बर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरिसकेको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । त्यसपछि बैंकले ३ अर्ब ३० करोड बराबरको नयाँ सेयर निष्कासन गर्नेछ ।
एफपिओपछि बैंकको पूँजी ७ अबै ५ करोड रुपैयाँ पुग्नेछ भने चालु आर्थिक बर्षमा एक अर्ब रुपैयाँ बराबरको बोनस बाडेर आठ अर्ब पुँजी पुर्याउने पुँजी योजनामा उल्लेख छ ।बैंकले गत आर्थिक बर्षमा एक अर्ब २६ करोड खुद नाफा कमाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस