अशोज २० गते शनिबारका दिन लमजुङमा रिटर्नी सेन्टर नेपाल लमजुङ जिल्लाको प्रथम भेला मिनबहादुर तमाङको संयोजकत्वमा सम्पन्न भएको छ l
नेकपा (माओवादी केन्द्र )काे केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला ईन्चार्ज आशा काेईरालाको प्रमुख आतिथ्यमा २५ सदस्यीय कमिटि चयन गरेका थिए l केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला ईन्चार्ज आशा काेईरालाले कोहि रहर र कोहि बाध्यताले प्रतिभा भएका धेरै युवाहरु तथा बुद्धिजिबिहरु पनि बिदेशमा पलायन भएको बताइन l केन्द्रीय सदस्य काेईरालाले बाध्यताले विदेश फर्केका नेपालीहरु नेपालमा राम्रो अवसर पाए स्वदेश फर्कन चाहेका धेरै नेपालीहरु रहेको बताइन l रिटर्नी सेन्टर नेपालले स्वदेशमा रोजगार,स्वरोजगारको वातावरण सृजना गर्न महत्वपुर्ण भूमिका खेल्नु पर्ने तथा पार्टीले पनि सरकारमा भएकोबेला स्वदेश फर्केका रिटर्नीहरुको लागि बिभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने केन्द्रीय सदस्य काेईरालाले बताइन l
भेलामा रिटर्नी सेन्टर नेपाल केन्द्रिय सहसंयोजक तथा गण्डकी प्रदेश इन्चार्ज राम चन्द्र अधिकारीले अहिले विदेश जाने संगसंगै स्वदेश फर्कने नेपालीहरु पनि उतिकै रहेको , विशेषगरी कोरिया , जापान , खाडी क्षेत्र तथा अन्य बिभिन्न देशमा श्रम गर्न गएका युवाहरु स्वदेश फर्कने गरेको बताए l केन्द्रिय सहसंयोजक अधिकारीले स्वदेश फर्केका युवाहरु स्वरोजगार हुन् खोजेको तर देशको भएको आर्थिक मन्दीले गार्हो भएकोले रिटर्नीहरुको पक्षमा काम गर्न सरकारलाइ दवाब दिनुपर्ने बताए l उहाले सरकारले पनि रिटर्नीहरुको श्रम, सिप , पुंजी तथा लगानीलाई सहि रुपमा प्रयोग गर्नुपर्ने बताए l
जिल्ला पार्टी कार्यलय हलमा शनिबार सम्पन्न भेलामा नेकपा (माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटि सदस्यहरु हरिजङ्ग तमाङ, जिल्ला समिति सचिव सुनिल सुनार, रिटर्नी सेन्टर नेपालकाे केन्द्रीय सदस्य भिम सुब्बा तमाङ(बाबु साईला) लगायतको उपस्थिति रहेको थियाे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस