रिटर्नी सेन्टर नेपालले संगठन बिस्तारको कामलाई तीब्र बनाएको छ।यसैक्रममा सेन्टरले भदौ २७ गते बृहत भेला आयोजना गरि बिशाल भण्डारीको नेतृत्वमा १ नं प्रदेश कमिटि गठन गरेको छ।
भेलाले गणेश सौगात कालिकोट , दिपेन लिम्बू र इन्द्र नारथुङ्गेलाई सह संयोजक, त्यस्तै सचिवमा नवीन गुरुङ र कोषाध्यक्षमा रमिला राई र ३१ जना सदस्य सहित ३७ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो। १४ जिल्लाबाटै प्रतिनिधित्व हुने गरि प्रदेश कमिटी बनाइएको हो l भेला नेकपा माओबादी केन्द्रका केन्द्रीय सचिब तथा १ नं प्रदेशका पार्टी इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रदेश नं १ को भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिब चक्रपाणी खनाल ‘बलदेव’ ले रिटर्नी सेन्टर नेपाललाई ठुलो भरोसा गरेको बताए ।’संगठन निर्माणमा पार्टीको कान्छो संगठन भए पनि अनुभवमा रिटर्नी सेन्टर जेठो छ ‘ खनालले थपे ‘यसलाई माओवादी कार्यकर्ताको मात्र नभई बैदेशिक रोजगारबाट फर्केका आम युवाहरुको संगठन बनाउनुपर्छ l ‘पूर्व कृषि मन्त्री समेत रहेका खनालले रिटर्नीहरुलाई कृषिसित जोडेर ,कृषि उत्पादनमा लगाएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए lबैदेशिक रोजगारमा रहेका नेपाली युवाहरुको कमाइलाई कोरियन मोडलमा बदल्नुपर्ने बताउदै सचिव खनालले घर खर्च ,नागरिक पेन्सन र राष्ट्रिय कम्पनिको शेयरमा लगानी गरि युवाहरुको कमाइलाई तीन किसिमले खर्च गर्नुपर्ने सुझाव दिए।
भेलाका बिशेष अतिथि तथा १ नं प्रदेशका पार्टी अध्यक्ष हर्क नेम्बाङ्ग ‘मिक्सो’ ले बिदेशमा सिकेको ज्ञान, सीप र प्रबिधि मात्र नभएर अनुशासनलाई समेत ब्यबहारमा प्रयोग गर्न आग्रह गरे। अध्यक्ष नेम्बाङ्गले भने – ‘ आत्मनिर्भर बन्न उत्पादन जरुरी भए जस्तै संगठनमा अनुशासनको भूमिका महत्वपूर्ण हुन्छ। ‘रिटर्नी सेन्टर नेपालले नेपाली समाजसंग जोडिने पुलको काम गर्नुपर्ने सुझाव दिंदै अध्यक्ष नेम्बाङ्गले सेन्टरलाई पार्टी केन्द्र र प्रदेशले प्राथमिकता साथ हेरिरहेको खुलासा गरे।
भेलालाई पार्टी केन्द्रीय सदस्य रामकुमारी चौधरी,रिटर्नी सेन्टरका केन्द्रीय संयोजक देबेन्द्र सम्बाहाम्फे,पार्टी प्रदेश कमिटी कोषाध्यक्ष तथा रिटर्नी सेन्टरका फ्र्याक्सन इन्चार्ज गगन पुरी , रिटर्नी सेन्टर केन्द्रीय सहसंयोजक डोरबहादुर कार्की, केन्द्रीय सचिब भीम लकान्द्री,वाईसीएल प्रदेश संयोजक कुमार आचार्य लगायतले सम्बोधन गरेका थिए। भेलामा रिटर्नी सेन्टर नेपाल १ नं प्रदेशका संयोजक बिशाल भण्डारीले कार्यक्रमको अध्यक्षतामा र १ नं प्रदेशका सह संयोजक गणेश सौगात कालिकोटेले कार्यक्रम संचालन गरेको थिए l कार्यक्रममा पार्टीका तथा रिटर्नी सेन्टर नेपालका प्रदेश तथा जिल्लाका नेताहरुको पनि उपस्थिति रहेको थियो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस