रसुवा- यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड क्षेत्र विकास समिति पूर्वतयारीमा जुटेको हो ।
रसुवाको प्रवेशद्वार बेत्रावतीबाट भगवान् शङ्कर विराजमान रहेका निलाद्री पर्वतको उच्च भागसम्म उपसमितिले यात्रुलाई सेवा पुर्याउने बताइएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार विशेष पर्वका लागि साउन २१ गतेदेखि पवित्रकुण्डमा भक्तजनको ठूलो आगमन हुने पूर्वानुमान गर्दै होटल तथा लज तयारी पार्न व्यवसायीलाई अनुरोध गरिएको छ ।
वर्षायाम भएकाले बेत्रावती, कालिकास्थान, धुञ्चे, चन्दनबारी, लौरिविनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले सुझाव दिएको छ । लेक लागेर यात्रु बिरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्वार गर्ने, यात्राका क्रममा फाट्टफुट्टरूपमा हुनसक्ने बिरामीको समस्या हल गर्न धार्मिक मार्गका विभिन्न स्थानमा स्वास्थ्य शिविर राख्ने समेत तय भएको छ ।
जनै पूर्णिमाको अवसरमा आगमन हुने यात्रुको सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीले आफ्नो सुरक्षा तालिका बनाइसकेको उल्लेख गर्दै प्रहरी प्रमुख कुलदीप चन्दले सवारीसाधन व्यवस्थापन गर्न पार्किङ क्षेत्र निर्धारण गरिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस