जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संघ, प्रदेशभन्दा बढी स्थानीय तहका आर्थिक अनियमितता सम्बन्धी उजुरी परेको छ । अख्तियार कार्यालय बर्दिबासले प्रदेश २ का प्रमुख हरिशंकर मिश्रलाई बुझाएकाे वार्षिक प्रतिवेदनमा यस्ताे विवरण पाइएकाे हाे ।
बर्दिबासस्थित अख्तियारको कार्यालयले चालु आर्थिक वर्षमा १ हजार २१ वटा उजुरीको अध्ययन अनुसन्धान गरिरहेकोमा स्थानीय तहको मात्रै ९ सय ५२, प्रदेशको ७५ र संघ तर्फको ४९१ वटा उजुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अख्तियारले बुझाएको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७७-७८ मा कुल २ हजार ५ सय ९७ वटा उजुरी परेकोमा मध्ये १ हजार ४ सय १ वटा उजुरी फर्छौट भएको र बाँकी उजुरी यस वर्षमा सारेकोले सोको अध्ययन अनुसन्धान भइरहेको अख्तियारका कार्यालय बर्दिवासका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।
गत वर्ष ९ वटा स्टिङ्ग अपरेशन गरेको र सो बाट १ करोड २९ लाख ९५ हजार ५२० रुपैयाँ बरामद गरेको प्रमुख सापकोटाले बताए ।
गत वर्षको जिम्मेवारी सरेर आएका १ हजार १ सय ९६ र चालु आर्थिक वर्षको असोज सम्ममा ३ सय २५ वटा उजुरी परेको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ । सो मध्ये १ सय ५६ वटा उजुरी फर्छौट भएको प्रतिवेदनमा उल्लेख छ ।
बर्दिवासस्थित अख्तियारले बुझाएको प्रतिवेदनमा प्रदेशका ४ वटा जिल्ला धनुषा, महोत्तरुी, सर्लाही, सिरहा र बाँकी ५ वटा अन्य प्रदेशका जिल्ला सिन्धुली, रामेछाप, संखुवासभा, खोटाङ र ओखलढुंगा गरि ९ वटा जिल्लाको प्रतिवेदन समावेश गरिएको छ ।
प्रदेशतर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित उजुरी रहेका छन् भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा नियन्त्रकको कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मुख्यन्यायाधिवक्ताको कार्यालयविरुद्ध कुनै उजुरी नपरेको अख्तियार प्रमुख सापकोटाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस