काठमाडौँ- नेपालमा मनसुन अझै केही दिने सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि यस वर्ष अझै सक्रिय रहेको छ ।
महाशाखाले भनेको छ, “नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको छ । हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर आंशिक देखि सामान्य बदली छ।”
आइतबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य र बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का अधिकांश स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर मौसम बदली रही देश १, प्रदेश २ र बागमती प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र प्रदेश २ का केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ ।
महामशाखाले आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । केही ठाउँमा भने भीषण वर्षा हुने जनाइएको छ । बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस