बाग्लुङ- बाग्लुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताएका छन्। उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्। त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ।
६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्छन्। बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन। ‘चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो, म कृषिको गुलियोमा भुलेको छु जति कृषि गर्यो उतिनै सन्तुष्टि हुन्छ,’ सापकोटा भन्छन्, ‘कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ।’
२०४२ सालदेखि व्यावसायिक सोचसहित कृषि कर्ममा लागेका सापकोटा अहिले कृषिबाटै लाखौं आम्दानी गर्न सफल भएका छन्। अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषि सुरु गरेका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतिपानी गरिराखेको बताउँछन्।
‘कृषि गरेरै तीन वटा छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ‚’ उनले भने, ‘चार छोरालाई जापान पठाएको छु, अहिले उनीहरु पनि कमाउँछन्।’
पहिले उनीहरुलाई १२ कक्षासम्म पढाएर जापान आफैँले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउँछन्। आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा दुई करोड रुपैयाँभन्दा बढी पर्ने सापकोटाको भनाइ छ।
सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्नो लागि स्मरणीय रहेको उनको भनाइ छ। अहिले आफूले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताए।
बागलुङ नगरपालिकाबाट ५० हजार रुपैयाँ अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गरेका सापकोटाले त्यसबाट ४० हजार रुपैयाँको बिरुवा बिक्री गरिसकेको बताउँछन्। केही बिरुवा गाउँका कृषक साथीलाई निःशुल्कसमेत बाँडेको उनको भनाइ छ। अहिले एकै सिजनमा ४० हजार रुपैयाँको काक्रो, एक हजार ३०० बोटबाट ५० हजार रुपैयाँको गोलभेँडा, बन्दा, काउली ५० हजार रुपैयाँको बिक्री गरेको सापकोटाले बताए।
एक सिजनमा आफूले तीनदेखि चार लाख रुपैयाँसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ रहेको छ। अहिले उनको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन्।
बाग्लुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाइ छ। तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफूले भने जति मूल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ। दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटा बताउँछन्।
‘नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ, नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ’, उनले भने, ‘तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’
अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उनी बताउँछन्। ‘छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन्, कृषिले मेरो जीवन परिवर्तन गरिदियो’, सापकोटाले भने, ‘अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस