काठमाडौँ- सोमबार बिहानैदेखि वर्षासँगै बुटवलमा आएको पहिरोले थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् ।
वर्षाका कारण जोखिम न्यूनीकरणका काम गर्न समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । आइतबारसम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घरभित्र पसेको प्रहरीले जनाएको छ ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।
वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षतिको जोखिममा रहेको उनले बताएका छन् । पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् ।
साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने खतरा बढेको प्रहरीले जनाएको छ । २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो ।
ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए । आइतबार बिहानदेखि झर्न सुरु गरेको लेदोसहितको पहिरो अझै रोकिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस