बैतडी- महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको जिप दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिकै सोमबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका-८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार-२ बडियाका दानसिंह भाट घाइते भएका छन् । खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको बमको भनाइ छ। जिप सडकबाट १०० मिटर तल खसेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस