काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सत्तारुढ दलकै विद्यार्थी संगठन नेविसंघले माग गरेको छ ।
विज्ञप्ति जारी गर्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । विज्ञप्तिमा लेखिएको छ “कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भत्र्सना गर्दछु ।”
यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले आज जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ ।
नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ) मा प्रतिलिटर २/२ रुपैयाँ, हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) मा १६ अमेरिकी डलर प्रति किलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस