काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै कारबाही गर्नुपर्ने माग उठेको छ ।
मुख्यमन्त्री पोखरेलमाथि राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा कारबाहीको माग उठेको हो । राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन् ।
उनले भनिन्, “माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ।”
मुख्यमन्त्री पोखरेल पनि केपी शर्मा ओलीकै बाटोमा उन्मुख देखिएको टिप्पणी उनले गरिन् । उनले भनिन्, “विश्वासको प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु।”
मुख्यमन्त्री पोखरेलले सांसदलाई अपहरण गर्न लगाएर तीन दिनसम्म बन्धक बनाएको खबर बाहिरिएपछि चौतर्फी विरोध भइरहेको छ । अनेक काण्ड गरेर विवादमा आइरहने मुख्यमन्त्री पोखरेल अहिले पनि चर्चा र विवादको केन्द्रमा छन् ।
उनीमाथि लागेको आरोपको उचित जवाफ भने उनले दिन सकेका छैनन् । अपहरण गरी बन्धक बनाइएको भन्दै प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन नै गरेपछि पोखरेल र संलग्नहरूमाथि कारबाही गर्न दबाब बढेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस