काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाक्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्न आफूले पहल गर्ने बताएकी छन् । उनले ससाना कामका लागि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउने समेत बताइन् ।
उनले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)सँग मंगलवार मन्त्रालयमा छलफल गर्दै समयको विलम्बलाई पनि अरू आर्थिक भ्रष्टाचारजस्तै मान्नुपर्ने बताइन् ।
आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने उनले बताइन् । मन्त्री भुसालले भनिन्, “हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ । कतिपय प्राविधिक कामलाई केही समय लाग्छ, त्यसको फरक तरीकाले टीओआर बनाउन सक्छौं।”
निजीक्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालय छलफल चलाउने मन्त्री भुसालले व्यवसायीलाई बताइन् ।
ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उनको भनाइ थियो । मन्त्री भुसालले भनिन्, “एउटै रूखका कारण वर्षौंसम्म काम रोएिको छ, त्यसलाई छिटोछरितो ढंगमा काम गर्नुपर्छ । यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ।”
निजीक्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक उनले बाताईन् । उनले भनिन्, “म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु । त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु।” उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौं क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताइन् ।
विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिरहेको समेत मन्त्री भुसालले बताइन् । विद्युतको पहुँच नपुगेका जनतामा विद्युत् पुर्याउन र खपत बढाउन विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको उनले जानकारी दिइन् ।
भेटका अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजीक्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयहरूको कार्यान्वयन विशेष ध्यान दिने बताएका छन् ।
इप्पानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजीक्षेत्रले काम गर्न सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस