काठमाडौँ- ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताएका छन् । उनले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गरेका छन् ।
गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ ।
वेदव्यासले वेदान्त, १८ पुराण, उपनिषद्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ ।
प्रधानमन्त्री देउवाले गुरु पूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैमा शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस