बैतडी- वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन् । गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको घट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा परेर ज्यान गएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ । यसैबीच नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रका आधा दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । प्रहरीको टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस