काठमाडौँ- गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।
जोर बिजोर प्रणालीमा लागू गर्ने र खाद्यान्न पसल दिनभर सञ्चालन गर्ने उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकामा अब २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पाइने छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ भने खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ९ देखि ११ बजेसम्म र ४ बजे देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना सार्वजनिक गाडी चलाउँदा गर्नुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने छ ।
काठमाडौँमा गाडी खुले पनि बाहिरबाट आउने निजी तथा भाडाका गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ । प्रशासनको आदेशमा बिरामी तथा अत्यावश्यक काम परेकाहरु पास लिएर मात्र काठमाडौँ आउन पाउने उल्लेख छ ।
सबै खाद्यान्न पसल, खेलकुद सामग्री, स्टेशनरी, पुस्तक पसल साँझ ६ बजेसम्म संचालन गर्न पाइने छ । डिपार्टमेन्ट स्टोर, सपिङ्ग मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट आइटम, सुन पसल, भाँडा तथा विद्युतीय घरायसी सामग्री, इलेक्ट्रोनिक, हार्डवेयर पसल बिहान ११ बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छन् ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर तथा रेष्टुरेण्टले टेक अवे सेवा ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । निजी सवारी साधनमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल, स्कुटरमा जोर बिजोर प्रणाली कायमै राखिएको छ । उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य गर्न पाइने छ ।।
निषेधाज्ञा खुकुलो भए पनि प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा बन्देज कायमै राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय,लगायत भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्। यस्तै सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि गर्न पाइने छैन ।
विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्य होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन । विद्यालय, कलेज, ट्यूसन सेन्टरले भौतिक उपस्थितिमा पठन पाठन गर्न पाउने छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस