काठमाडौँ- काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ ।
एक हप्ताका लागि केही खुकुलो व्यवस्थासहित निषेधाज्ञा आजदेखि लागू भएको हो ।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।
उपत्यकाका निजी सवारी साधान आजदेखि जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ ।
यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ ।
यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ ।
बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस