उदयपुर- उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिनुभयो ।
अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनांै सामुदायिक वनमा डढेलो बढ्दै गएको छ । सो आसपासका गाउँ उच्च जोखिममा छन् । डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन् । हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताउनुभयो । जिल्लामा ३०० भन्दा बढी सामुदायिक वन छन् । चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस