काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड समिति र तीन सदस्यीय संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गुटगत भेलामा सहभागी नहुन पुनः आव्हान गर्नुभएको छ । पार्टीको विधान विपरीत गुटगत भेला र गतिविधिमा सहभागी हुनेलाई विधानअनुसार कारवाही हुने चेतावनी उहाँले दिनुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
सांसद बस्नेतका अनुसार संसदीय दलको बोर्डमा केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ लगायतका सांसदहरु हुनुहुन्छ । पार्टीका सांसदहरुले विधान विपरीत र पार्टीको नीति नियम विपरीत आचरण व्यवहार गरेमा बोर्डले कारवाही गर्ने निर्णय गर्न सक्नेछ ।
आजको बैठकले बोर्डमा २४ जनाको नाम टुङ्गो लगाएको छ । बाँकी तीन जनाको नाम पछि मनोनीत गर्ने निर्णय भएको सांसद बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
त्यसैगरी प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । समितिमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य हुनुहुन्छ । समितिले संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार गरी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने सांसद बस्नेतले जानकारी दिनुभयो ।
नेपाल पक्षका सांसद पनि सहभागी
बैठकमा यसअघि झलनाथ खनाल–नेपाल पक्षमा सहभागी रहनुभएका सांसदहरु आज संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ । सांसद बस्नेतका अनुसार आजको बैठकमा तटस्थ रहनुभएका लालबाबु पण्डित, तुलसा थापा, नेपाल पक्षका गंगा सत्गौंवा थारु, माया ज्ञवाली, विष्णु शर्मा, कलिना खातुनको सहभागिता थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस