काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्वेच्छचारिता र अनुशासनहिनता सह्य नहुने बताउनुभएको छ । त्यस्तो क्रियाकलाप गर्नेलाई विधानअनुसार कारवाही हुने उहाँले प्रष्ट पार्नुभयो । पार्टीको केन्द्रीय कमिटी बैठक अघि बालुवाटारमा मंगलबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । पार्टी विधि विधान र तरिकाअनुसार चल्छ, निहुँ खोज्नेसँग नझुकिने उहाँले प्रष्ट पार्नुभयो । देशको हित, लोकतन्त्रप्रति समर्पित भएर अघि बढ्न उहाँले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो ।
“बाटै बाटोबाट आदेश फर्मानहरु गर्ने काम भइरहेको छ, पार्टीबाट निष्काशित गर्ने काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वेच्छाचारिता देखिएको छ, छुट्टै भेला बैठक भइरहेका छन्, समानान्तर कमिटी बनिरहेका छन् ।” एउटै पार्टीभित्र बसेर अनुशासनहिनता, उच्छृङ्खल क्रियाकलापमा छुट नहुने भन्नुहुँदै उहाँले “त्यस्तो क्रियाकलाप सह्य हुँदैन, यो अचाक्ली भयो” भन्नुभयो । आफूले अनुशासित र एकतावद्ध पार्टी बनाउन खोजेको बताउनुभयो ।
संविधान कार्यान्वयन गर्नमा व्यवधान गर्ने गरिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेश कार्यसूची प्रस्तुत हुने भएपनि त्यसमा व्यावधान सिर्जना गरिएको बताउनुभयो । संसदबाट कानुन ल्याएर अगाडि बढ्दा लामो प्रक्रिया लाग्ने देखेर अत्यावश्यक अध्यादेश ल्याइएको थियो, एसिड आक्रमणका दोसीलाई कडा कारवाही गर्ने उद्देश्य सरकारको भएपनि त्यसलाई रोक्ने काम गरेर संविधानको अवमूल्यन गरिएको उहाँले बताउनुभयो ।
“संसद देश र जनताको हितका निम्ति काम गर्ने थलो बन्नुपर्छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “संसदलाई त्यसरी सहज ढङ्गले चल्न दिइएको छैन ।” सरकारको गतिविधिलाई असफल बनाउन संसदमा दलहरुको सेटिङ रचिएको टिप्पणी गर्नुभयो ।
“चैत ४ र ५ गते एउटा पक्षको भेला आव्हान भएको सुन्दै छुँ, तर त्यस्तो भेलामा सहभागी नहुन म सबैलाई सजग र सचेत गराउन चाहन्छु” उहाँले भन्नुभयो, “त्यस्तो गुटगत भेलामा सरिक नहुन म पार्टी पङ्तिलाई आव्हान गर्दछुँ ।” पार्टी बैठकमा आएर आलोचना, आत्मलोचना गर्न सच्चिएर काम गर्न पाइन्छ तर अनुशासनहिनता चल्दैन उहाँले भन्नुभयो । जग हँसाई गर्ने, तमासा गर्ने काम बन्द गर्न उहाँले आग्रह गर्नुभयो ।
भेलामा सहभागी नहुन आफूले आव्हान गर्दागर्दै कोही सहभागी भएमा त्यसमाथि पार्टीको निगरानी हुने प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो गुटगत भेला नगर्न माधवकुमार नेपाल पक्षलाई आग्रह गर्नुभयो । अझै केही विग्रिएको छैन, त्यस्ता गुटगत भेला गर्दै नहिड्नुस, पार्टी बैठकमा आएर कुरा राख्नुस् उहाँले आग्रह गर्नुभयो ।
लामो समयदेखि केन्द्रीय कमिटीका सदस्यहरुबीच भेटघाट नभइरहेको अवस्थामा भेटघाट होस् भन्ने उद्देश्यले चियापान कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । चियापानमा उपस्थित नेताहरुलाई स्वागत गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले चैत ७ गते शनिबार केन्द्रीय कमिटीको १२ औं बैठक आव्हान गर्नुभएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस