विराटनगर – प्रदेशसभाको आइतबारको बैठक कार्यसूचिमा प्रवेश नगरी पुनः स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव टेवुल गर्ने कार्यसूचि तय गरेको थियो । तर, बैठकको कारवाही आरम्भ हुनुपूर्व नै सत्तारुढ दलका सरकार पक्षधर छ जना सांसदले आशन ग्रहण नगरी उठेर विरोध जनाएका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बस्न आग्रह गरे पनि आसनग्रहण नगरेपछि बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठक माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रदेशसभा लामो समयदेखि बन्धक बन्दै आएको छ । चालू अधिवेशनको पहिलो बैठक बसेको १८ दिनपछि आव्हान गरेको दोश्रो बैठक पनि सत्तापक्षकै अवरोधका कारण झण्डै दुई साताका लागि स्थगित हुन पुगेको हो ।
सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा संसदीय दलले तीन महिनाका लागि निलम्बन गरेका १६ जना सदस्यहरुलाई बैठक कक्षमा राखेर बैठक अगाडि बढ्न नसक्ने भन्दै विरोध गर्नुभएको थियो । उहाँले कारवाहीको विषयमा चित्त नबुझे अदालतबाट निर्णय गराउनसमेत आग्रह गर्नुभयो ।
प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले संसद नियमावली अनुसार बैठक अगाडि बढाउनु पर्ने भन्दै अविश्वासको प्रस्ताव टेबुल गरेर सहमति खोज्ने तर्फ लाग्नु पर्ने बैठकमा बताउनुभएको थियो ।
बैठक कार्यसूचिमा प्रवेश नै नगरी स्थगित भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले विश्वको संसदीय इतिहासमा अनौठो घटना भएको भन्दै सत्तापक्षले नै संसद चल्न नदिएर बन्धक बनाउनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार पक्ष र सभामुखको सेटिङमा सदन बन्धक बनाइएको आरोप पनि लगाउनुभयो । उहाँले अविश्वासको प्रस्ताव कार्यसूचिमा राखेपछि सदनमा टेबुल गराएर संसदबाटै समस्याको समाधान खोज्नु पर्नेमा त्यसो नगरिएको बताउनुभयो ।
अविश्वासको प्रस्तावका प्रस्तावकहरुले भने संसद बैठकलाई अनिश्चित बनाएर सत्ता लम्ब्याउने प्रयत्न गरेको आरोप लगाएका छन् । पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले चरम सत्ता लिप्साका कारण सदन अवरोध भएको बताउनुभयो । सदनलाई सुचारु गराउन सरकार अनिच्छुक भए पनि सभामुखले समन्वय गर्ने र समस्या समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा त्यसो नगरी सदनलाई बन्दक बनाउनका लागि सहयोगी बनेको उहाँको टिप्पणी थियो । उहाँले संसदको बैठक भोलिबाटै सुचारु गराउन सभामुखसँग गम्भीरतापूर्वक छलफल गर्ने बताउनुभयो ।
प्रदेशसभाको सातौं अधिवेशनमा छलफल गर्नका लागि प्रदेश सरकारले अहिलेसम्म कुनै पनि विधेयकहरु प्रदेशसभा सचिवालयमा दर्ता गरेको छैन । सचिवालयमा छलफलका लागि दर्ता भएको एकमात्र अविश्वासको प्रस्ताव हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस