सोल – दक्षिण कोरियाको राजधानी सोल स्थित डाङ्सान स्टेशनमा मास्क लगाउन अनुरोध गर्दा हातपात गर्ने एक दक्षिण कोरियाली नागरिकलाई २० महिना जेल सजाय तोकिएको छ । प्रतिक्षालयमा उनीसँगै बसिरहेका एक यात्रुले उनलाई मास्क लगाउन अनुरोध गरे लगत्तै हातपातमा उत्रिएका थिए ।
गत २७ अगष्टमा उक्त स्टेशनको प्रतिक्षालयमा मास्क नलगाई चर्को आवाजमा कुरा गरिरहेका उनलाई पिडितले मास्क लगाउन अनुरोध गरेका थिए । अनुरोध लगत्तै आक्रामणमा उत्रिएका ति व्यक्तिले पिडित माथि चप्पलले अनेकौँ पटक प्राहार गरेका थिए । उक्त झगडा छुट्याउन खोज्ने अन्य माथि समेत ति व्यक्ति जाई लागेका थिए ।
५८ बर्षिय अभियुक्तले पक्राउ पश्चात आफू मानसिक रोगी भएको र गल्ति माफ गरिदिन पटक पटक अनुरोध गरेका थिए । पिडितले माफि दिन नमानेका कारण उनिमाथि मुद्दा चलाइएको थियो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।
अदालतले फैसलामा भनेको छ – पिडितले क्षमा नदिएको, अन्य यात्रुलाई असर पुर्याएको तथा सार्वजनिक स्थलमा झैझगडा गरेका कारण उनलाई उक्त सजाय तोकिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस