चौतारा – उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको अभियोग फिर्ता लिई निर्वाचनमा जाने अवस्था भए पार्टी एकता जीवित रहने बताएका छन् ।
नेकपाको बिहीबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टी अध्यक्ष ओलीको ५५ वर्षको राजनीतिक यात्रा नै धराप पार्ने अभियोगपत्रकै कारण नेकपामा विभाजन सुरु भएको बताए ।
विभाजित भएर गए भने त्यसको परिणाम आफैँ भोग्नुनेछन् भन्दै उपप्रधानमन्त्री पोखरेलले थपे, “निर्वाचित अध्यक्ष र महासचिव भएको पार्टी नै वैधानिक हुने हो, केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक हो र सूर्य चिह्न वैधानिक पार्टीसँग रहन्छ । ” नेता पोखरेलले ६४ प्रतिशत मत रहेको प्रधानमन्त्रीले जनताको माझ जान्छौँभन्दा अदालतले अवरोध नगर्ने विश्वास रहेको बताउँदै राष्ट्रियता, विकास, समृद्धिको बाटोमा लागेको सरकारलाई अगाडि बढ्न नदिने गतिविधिविरुद्ध प्रधानमन्त्रीले जनतामा जाऔँ र फैसला लिएर आऔँ भन्नुभएको स्पष्ट गरे ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दावा तामाङले पार्टीको नीतिअनुरूप सरकार सञ्चालन हुने बताए । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला सिन्धुपाल्चोकमा कार्यकर्तालाई सम्बोधन गर्दै विकास र समृद्धिमा सरकार अग्रसर रहेको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस