हुम्ला – आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ ।
आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बिओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिए । शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए । मानिस पैदल हिँड्न पनि सक्ने अवस्था छैन ।
हिल्सामा (बिओपी) मा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन् । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताएका छन् । हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ । सबैजना घरभित्र आगो तापेर बसिरहेको केसीले बताएका छन् । हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस