जलेश्वर: कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका दश नेपाली सैनिक र दुई शिक्षक कोरोना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताएका छन् । त्यसमा १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी उनले दिए ।
केही दिनअघि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिए । नेपाली सेनालाई किसान नगरमा रहेको मध्यपृतनामा राखिएको छ ।
त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित हुनुभएको छ । एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक छन् । उनी केही दिनअघि मात्रै वीरगञ्जबाट आएका थिए भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आएको फोकल पर्सन झाले जानकारी दिए ।
त्यस्तै, भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भने, ‘योसहित अहिलेसम्म जिल्लामा ८५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’
कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं. ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका श्रीमती र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेको जानकारी उहाँले दिनुभयो । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।
यसैबीच, जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रुपमा पीसीआर गराउने निर्णय गरेकाे छ । साथै पीसीआर परीक्षणमा सङ्क्रमण देखिएकाहरूलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस