नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो ।
देशका पूर्र्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ । भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ । अन्यत्र पनि बाढी र डुबानको खतरा रहनेछ । यसपालाको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित हुँदैछ । विभागले जारी गरेको विशेष बुलेटिनअनुसार प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।
साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ । केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ । त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस