कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयअन्तरगत आव ०७६÷०७७ मा निर्माण सम्पन्न भएका योजनाहरुको प्रभावकारिता अनुगमन गर्न सोमबार वीरेन्द्रनगर नगरपालिकाको ३ र १० वडामा पुग्नुभएका मन्त्री केसीले मानव जीवनका लागि कृषि अपरिहार्य रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “तपाईँ हामीले खेती गरेको आर्जनबाट घर बनाएकालाई सम्मान गरौँ । श्रमविना भ्रष्टाचार एवं अनियमितता गरेर महल ठड्याउनेलाई सबैले अस्वीकार गरौँ ।” उत्पादनशील जमीनमा तरकारी लगाएर आफूसहित कर्णालीलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई उहाँले आग्रह गर्नुभयो । महिला र त्यसमा पनि दलित महिलाले अवसर पाए सजिलै काम गर्न सक्दा रहेछन् भन्ने राम्रो उदाहरण देखाएको भन्दै मन्त्री केसीले सुर्खेत बामेखोला ग्रामीण कृषि सडक उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी विकको उहाँको कामको उच्च प्रशंसा गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विकले सरकारले गरेको सहयोगले गरिब किसानहरुको पहुँच बजारसँग जोडिएको बताउनुभयो । “कृषि विकास निर्देशनालयले गत आवमा गरेको रु १७ लाख सहयोगले कल्भर्ट र ३०० मिटर सडक निर्माण भएको छ । अब त्यसमा ग्राभेलका लागि सरकारले थप सहयोग गरे उत्पादित तरकारी जतिबेला पनि बेच्न बजार लिन सकिन्छ,” उहाँले भन्नुभयो । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कल्भर्ट र सडक निर्माणले करिब २०० घर परिवार लाभान्वित भएको बताउनुभयो ।
ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतका प्रबन्ध निर्देशक पुष्कर खड्काले वीरेन्द्रनगर–३ तातोपानीस्थित पाँच बिघा जमीनमा रु २५ लाखमा निर्मित एकीकृत अर्गानिक कृषि मोडल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापनाले कर्णालीको कृषि तथा कृषि प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस