कास्की- शुक्रबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका– ८ खोराकोमुख पाखास्थित प्रेम विकको घर पुरिँदा उनका १६ वर्षमुनिका दुई नाति र एक नातिनीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालका अनुसार घरभन्दा दुई सय मिटरमाथिको पाखोबाट खसेको पहिरोले प्रेमको टिनले छाएको घरको एउटा कोठा पुरिएको थियो । त्यही कोठामा सुतेका १४ वर्षीय समीर, १६ वर्षीय कुशल र १६ वर्षीया रेजिनाको मृत्यु भएको पनि उनले
बताए । अर्को कोठामा रहेका प्रेम, उनकी पत्नी र एक जना नातेदार भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू बसेको कोठामा पहिरोले क्षति पुर्याएको छैन ।
मृत्यु भएका तीनजना प्रेमका तीन छोराका छोरा–छोरी हुन् । समीर खेमराजका, कुशल कृष्णका र रेजिना हिरालालकी छोरी हुन् । प्रेमका तीनै छोरा छुट्टाछुट्टै घरमा बस्छन् । समीर हजुरबुबा–हजुरआमासँगै बस्दै आएका थिए । कुशल र रेजिना केही दिनअघि मात्रै बाजेबाज्यैसँग बस्न आएका थिए । स्थानीय बासिन्दा र प्रहरीले पुरिएको अवस्थामा तीनै जनाको शव निकालेका थिए ।
दैलेखमा तीन गम्भीर घाइते
त्यस्तै, पहिरोले घर पुरिँदा दैलेखको ठाँटीकाँध गाउँपालिका–३ विशाला खुडखुडीका तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले उनीहरूको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले बिहीबार राति आएको पहिरोले स्थानीय रंगबहादुर आलेको घर पुरिँदा उनीसँगै पत्नी चन्द्रा र करिब १६ बर्षिया छोरा घाइते भएका छन् । चन्द्राको ढाड भाँचिएको बताए । शाहीका अनुसार रत्नबहादुर र उनका छोराको अवस्था पनि गम्भीर छ ।
घाइतेको उद्धारका लागि प्रहरी टोली शुक्रबार दिउँसो ३ बजे मात्रै गाउँमा पुगेको थियो । वर्षात्ले सडक पूरै भत्किएका कारण एम्बुलेन्स आउन नसकेपछि घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
पहिरोका कारण अन्य १३ घर पनि उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले बताए । लगातारको वर्षाले ठाँटीकाँध–३ बाहाकोट बजारका पाँच घर पनि जोखिममा रहेको वडाध्यक्ष शाहीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस